
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ । बालकिशोर यादवको अध्यक्षतामा ५१ सदस्यीय मधेस प्रदेश समिति पुनर्गठन भएको हो ।
त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ । सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुङ्गो लगाइएको छ । साथै वृजमोहन तिवारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश सल्लाहकार समिति गठन भएको छ ।
महाराज यादवको अध्यक्षतामा ७ सदस्यीय अनुशासन आयोग र अमृत साफीको अध्यक्षतामा ६ सदस्यीय लेखा परीक्षण आयोग गठन भएको छ । मधेस प्रदेश समिति पुनर्गठन भएसँगै जसपाका सातै प्रदेश समिति पुनर्गठन भएका छन् ।














