Logo
Logo

सशस्त्रमा शक्तिशालीको मस्ती



काठमाडौं । शक्तिको जहाँ पनि पूजारी हुन्छन भन्ने सत्य स्थापित हुँदै गएको पुरानो मान्यता हो । सुरक्षा निकायमा त झन यसको बढी चर्चा परिर्चा मात्र होइन व्यवहारमा कार्यान्वयन नै हुन्छ । अहिले सशस्त्र प्रहरीका त्यही भएको छ । शक्तिशालीलाई सशस्त्र प्रहरीमा अहिले मात्र होइन, विगतदेखि नै मस्ती हुने गरेको छ । त्यसमा आइजी राजु अर्यालले सुधार गरेको भए पनि विकृति यथावत छ ।

केहीदिन अघि भएको एसपी सरुवामा कतिले कमान्डनै पाएनन् भने केहिले एउटै गणमा कमान्ड दोहो¥याएर पएका छ्न् । झापा गणमा सरुवा हुँदा बहाना बनाएर कमान्डनै नगएका र फौजी आचरण समेत नभएका एसपी समिक महर्जनले कार्यदलको गणपति दोहो¥याएर पाएका छन् ।

सचिवालय मातहतको गणमा झन्डै ८ सय कर्मचारी छन् । त्यस मध्ये आधा त बिदामा बस्ने गरेका छन् । त्यसबाहेक कोठावालाहरुले गणमा खाना नखाए पनि पुरै पैसा तिर्नुपर्छ । कसैलाइ नटेर्ने महर्जनले झापामा चाहिं कमाइ नहुने भएपछी बहाना बनाउंदै काठमाडौनै बसेका थिए ।

यता घर जान ५ महिना बाँकी रहेका सिनामंगलस्थित गणका एसपी पूर्ण साउदले पनि गण छोड्नु परेन । उनी पनि गण दोहो¥याएर पाउने भग्यमानी हुन् । संगठनमा सुदुर पश्चिम हाबी भयो उनिहरुको सिन्डिकेट छ अनि जे गरे पनि भयो हलचोकका एक एसएसपी ले भने । हुन पनि उनिहरुको सिन्डिकेट यस्तो छ कि हेडक्वाटरका महत्वपूर्ण जिम्मेवारीमा त्यही ग्याङ छ । सशस्त्र प्रहरीमा घर जानु अघिको एक वर्ष कमाण्ड गर्न पाइँदैन तर उनी शक्तिको आडमा त्यही बसेका हुन् ।

कर्मचारी प्रशासनमा डिएसपी नन्द साउद, प्रबन्धमा एसएसपी दीपेन्द्र कुँवर, अस्पताल एकाउन्टेन्ट गणेश मल्ल जो कहिले पनि काठमाडौँ बाहिर जाँदैनन् । यस्तै अर्को महत्त्वपूर्ण ठाउँ विदेश तालिम शाखामा डिएसपी कृष्ण विष्टको सिन्डिकेट छ । केन्द्रीय लेखामा काम गर्ने अधिकांश सुदूरपश्चिमका छन् जो दशौं वर्षदेखि एकै ठाउँमा मस्ती गरिरहेका छन् ।

यता दार्चुलामा राशन कान्ड मच्चाएका एसपी त्रिभुवन विष्टले फेरि काभ्रेस्थित गणको जिम्मेवारी पाएका छन् । विष्टकै पालामा एक सिपाहीले सूचना चुहाएको आरोपमा जागिर गुमाएका थिए । पछि गृहमन्त्रालय समेतको पहलमा सशस्त्र प्रहरीले सफाइ दिएर जागिर जोडिदिएको थियो । उनी पनि झण्डै पुरस्कार पाउने सूचीमा थिए । अहिले उनलाई काभ्रे पठाइएको छ ।

एसपी विष्ट दार्चुला काण्डपछि उनी टिकापुर तालिम केन्द्र जान सफल भएका थिए । यस्तै बिबादास्पद एसपीहरु प्रदिप खड्का, राजेन्द्र थापा, रुपकुमार क्षेत्री, रमेशकुमार थापा, बिमल डांगी, भानुभक्त लम्सालले पनि महत्त्वपूर्ण गण पाएका छन् ।

कहिल्यै भ्याली नछोड्ने एसपी समेनन्द बज्राचार्यले पनि सुनसरीको कमान्ड पाएका छन् । उनी कीर्तिपुरका स्थायी बासिन्दा भएकाले उपत्यकाभित्रै बस्दै आएका थिए । दुई महिना बारा बसेर आएका बज्राचार्य पुनः काठमाडौँ फर्केका थिए । अहिले सुनसरीको कमाण्ड गर्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्