Logo
Logo

बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरण निष्पक्ष छानबिन गर्न जनमोर्चाको माग


315
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सबै जग्गा प्रकरणहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

जनमोर्चाले मंगलबार एक विज्ञप्ति जारी गर्दै बाँसबारी जुत्ता कारखानाको जग्गा अवैध प्रकारले कब्जा गरेको भन्ने विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको हो ।

बाँसबारी जुत्ता कारखाना, ललिता निवास सरकारी जग्गा अपचलन, गिरीबन्धु टी स्टेट जग्गा अपचलन लगायतका प्रकरणहरूको सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन जनमोर्चाले माग गरेको हो ।

‘यस सिलसिलामा गिरिबन्धु टि–स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलालाई हामीले स्वागत गर्दछौँ र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नका लागि हामीले सरकारको ध्यान आकर्षित गर्दछौँ’, जनमोर्चाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्