Logo
Logo

नेपालसँग माल्दिभ्स २१४ रनले पराजित


441
Shares

काठमाडौं । एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मालदिभ्सलाई २ सय १४ रनले पराजित गरेको छ ।

२ सय २८ रनको लक्ष्य पाएको मालदिभ्स १३ रनमा अलआउट भयो । नेपालका अस्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले ३ र ३ विकेट लिए ।

अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३.५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए । लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्