
काठमाडौं । चिनियाँ लुनार नव वर्ष २०२४ को उपलक्ष्यमा काठमाडौंको एतिहासिक स्थान हाँडिगाउँमा चिनियाँ नव(वर्ष मनाइयो। पुरातत्वविद्हरू हाँडिगाउँ, नेपाल(चीन सम्बन्ध जोड्ने सेतुको रूपमा एतिहासिक प्रमाणले स्थापित भएको कुरा बताउँछन।
कार्यक्रममा चिनियाँ राजदुत छेन सोङ्गले यो कार्यक्रम नेपाल र चिनियाँ, जनता बिच रहेको सम्बन्ध सुदृढ गर्न आयोजना गरिएको कुरा बताए। सोङ्गले अगाडि भने( आगामी वर्ष नेपाल(चीन कुटनितिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुग्दैछ। त्यस अवसरमा नेपाल र चीनका जनताबीच रहिआएको कसिलो सम्बन्धलाई झन घनिभुत पार्न विशेष कार्यक्रमहरूको आयोजना गरिनेछ।
कार्यक्रममा युनान विश्वविद्यालयका स्नातक तहका विद्यार्थिहरूले आकर्षक ड्रागन र ड्रम नृत्य प्रस्तुत गर्नाका साथै यसको परेडपनि गरिएको थियो। यो कार्यक्रम काठमाडौं स्थित चिनियाँ दुतावास, चीन समुद्रपार संगठन, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगर पालिकाको सँयुक्त आयोजनमा भएको थियो।
कार्यक्रमको खल्लो पक्ष भनेको चिनियाँ टोली पर्याप्त तैयारिसाथ आएको थियो भने स्थानिय सह(आयोजक पर्यटन बोर्ड र काठमाडौं महानगरको फितलो तैयारिले केहि खल्लो पन महसुस भएको थियो। चिनियाँ पक्षले कार्यक्रममा पर्याप्त सुरक्षा व्यवस्था न भएकोमा स्थानिय प्रहरि समक्ष असन्तुष्टि प्रकट गरेको थियो।














