Logo
Logo
माओवादीको विधान सम्मेलन

यस्तो छ समूह १० को सुझाव (पूर्णपाठ)

चुनावमा गठबन्धन नगर्ने, दुई कार्यकाल मन्त्री हुन पाउने


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी विधान सम्मेलनमा आगामी चुनावमा गठबन्धन नगर्ने प्रस्ताव भएको छ । समूह नम्बर १० को तर्फबाट बैठकमा पेश भएको सुझावमा चुनावमा गठबन्धन नगर्ने प्रस्ताव गरिएको छ ।

समूहका नेता युवराज चौलागाईंले बागी उम्मेदवारलाई एक तह घटुवा र एकपटक टिकट नदिने नीति लिनुपर्ने पनि प्रस्ताव गरिएको छ । यस्तै, पार्टीभित्र सार्वजनिक पद लिएकाको सम्पत्ति छानबिन गर्नुपर्ने, केन्द्रमा जम्मा दुई तह राख्न सुझाव दिँदै ११ जनाको पदाधिकारी बनाउनुपर्ने सुझाव दिइएको छ ।

यस्तै, सुझावमा मन्त्री र सांसद कतिपटक हुने मापदण्ड बनाउनुपर्ने, गैरआवासीय नेपालीलाई पनि पार्टी सदस्यता दिने, केन्द्रीय पदाधिकारी तथा स्थायी समितिमा सबै प्रदेशको प्रतिनिधित्व हुन पर्ने, दुई कार्यकाल उम्मेदवार र मन्त्री हुन पाउने, तीन कार्यकालमात्रै पार्टी जिम्मेवारीमा बस्न पाउने उल्लेख छ ।

सोमबारदेखि जारी सम्मेलनमा प्रस्तावित विधानमाथि समूहगत रुपमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्