Logo
Logo

झण्डै एक करोड रकमसहित विमानस्थलबाट २ पाकिस्तानी पक्राउ


2.8k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईमार्फत काठमाडौं आएका यासिन मोहम्मद र अनाम लखानी ५० हजार डेनिस क्रोनरसहित पक्राउ परेका हुन् ।

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एएसपी कृष्णहरी शर्मा पोखरेलले जानकारी दिए । यो रकम ९५ लाख ६ हजारभन्दा बढी नेपाली रुपैँया हुने प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । आज कार्यालय खुलेपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने प्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्