Logo
Logo

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै खुल्यो परिचय


1.6k
Shares

कपिलवस्तु । गएराति कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

यस्तै, मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–१ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त–१६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट छन् । यस्तै, भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त–२ का सुदीप भट्ट र पुनरवास–९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये ९ जनालाई राति नै बुटवल ‘रिफर’ गरिएको थियो भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनमा घाइते हुनेहरु

दुर्घटनामा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोकबहादुर कार्की, बस चालक कन्चनपुर भिमदत्त नगरपालिका ४ वस्ने वर्ष ४० का पूर्ण बहादुर चन्द, कैलाली वेलडाडी नगरपालिका– १ वस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गाउँपालिका–२ का वर्ष २३ का सुशील कुँवर र गुल्मी मालिका गाउँपालिका– ७ बस्ने वर्ष २९ को अर्जुन कार्की रहेका छन् ।

त्यस्तै, कन्चनपुर भिमद्त्त नगरपालिका–१८ वस्ने वर्ष २८ का सन्तोष चौधरी, सहचालक कन्चनपुर भिमदत्त नगरपालिका–१८ वस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौली नगरपालिका–१ बस्ने बर्ष २२ को राजेश दयाल, कन्चनपुर भिमदत्त नगरपालिका–१ बस्ने बर्ष १८ को नितेश सुनार घाइते भएका छन् ।

त्यसैगरी, गोरखा शहिद लखन गाउँपालिका–७ वस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर नगरपालिका–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट, कन्चनपुर भिमदत्त नगरपालिका–१४ वस्ने वर्ष ३३ की गीता कुँवर निजको छोरा बर्ष १२ को नबिन कुँवर, ओखलढुङ्गा झारपुर गाउँपालिका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा नगरपालिका ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठ्माण्डौ माहानगर पालिका– ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकार घाइते छन् ।

यस्तै, कन्चनपुर भिमदत्त नगरपालिका–१६ वस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा नगरपालिका–१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भिमदत्त नगरपालिका–१८ वस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गापा ४ वस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य र उनकी छोरी वर्ष ३ कि सृष्टि काफ्ले घाइते छन् ।

यस्तै, अन्य घाइते हुनेहरुमा भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गापा–२ वस्ने वर्ष २५ को कृष्ण नेपाली, कन्चनपुर भिमदत्त नगरपालिका १९ बस्ने बर्ष २० को सुमन विष्ट, कन्चनपुर भिमदत्त नगरपालिका–१ वस्ने वर्ष २० को मनोज सिंह धामी, सोही ठाउँ बस्ने वर्ष २० का अशोक सिंह र कन्चनपुर भिमदत्त नगरपालिका–४ बस्ने वर्ष ३६ का ज्ञानेन्द्र पाल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्