Logo
Logo

जरायोको सिङ र सरकारी छापसहित नेविसंघका नेता पक्राउ


3k
Shares

काठमाडौं । सरकारी छाप र जरायोको सिङसहित नेविसंघका नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा पृथ्वीनारायण क्याम्पस पोखरा नेविसंघका पूर्व सभापति सलिश (सतिश) बास्तोलासहित ३ जना रहेका छन् ।

नेता बास्तोलासहित सुजन गिरी र विवेक श्रेष्ठलाई प्रहरीले पोखराको महेन्द्रपुलस्थित ब्लु ह्वेल होम डेकोरबाट सरकारी छाप र जरायोको सिङसहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरूको साथबाट छाप बनाउन प्रयोग भएको मेसिन, मनिटर र सिपियु बरामद भएको डीएसपी विकले बताए । सरकारी कागजात किर्ते गर्ने गतिविधि गरेको आशंकासहित उनीहरूमाथि थप १० दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्