Logo
Logo

पाल्पा रक्तदाता संघको संयोजकमा सामाजिक अभियन्ता भगवान भण्डारी



पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष एवम् पाल्पा समाचारपत्रका प्रधानसम्पादक भगवान भण्डारीको नेतृत्वमा पाल्पा रक्तदाता संघको गठन गरिएको छ । नेपाल नियमित रक्तदाता संघ पाल्पाको आज तानसेनमा सम्पन्न भेलाले भण्डारीको संयोजकत्वमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको छ ।

जिल्लामा बिरामीका लागि आवश्यक रगत व्यवस्थापनमा सहजीकरण गर्न संघ क्रियाशील रहने सामाजिक अभियान्त समेत रहेका संयोजक भण्डारीले बताए । संघले छरिएर रहेका रक्तदाताहरुलाई गोलबद्ध गरेर अगाडि बढाउने, जिल्लाका सामाजिक संघ संस्था र अभियन्तासंगको समन्वय र सहकार्यमा रक्तदान बारे सचेतना फैलाउने, रक्तदाताहरुको सूचि तयार गर्ने र अन्तिममा ब्लड बैक स्थापना गर्ने लक्ष्य लिएको उनले जनाए ।

भेलामा संघका केन्द्रीय अध्यक्ष दयाबहादुर सिलवाल, महासचिव दीपक अधिकारी, केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष अशेष सिलवाल, पाल्पाली संगमका पूर्व अध्यक्ष पदम न्यौपाने र पत्रकार देब पचभैयाले आवश्यक परेको बेला बिरामीले रगत जुटाउन धेरै समस्या हुने गरेको भन्दै संघको सहायतामा अब सहज हुने विश्वास व्यक्त गरे । भेला नव निर्वाचित संयोजक भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्