Logo
Logo

कसैलाई गलत नजरले हेरेको छैन : कृष्ण कँडेल



काठमाडौँ । लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले आफूले कसैलाई जगलत नजरले नहेरेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले समेत नहेरेको स्पष्ट पारेका हुन् । उनले आफूलाई सिध्याउन विभिन्न भ्रमपूर्ण र झुटा गतिविधि रचिएको भन्दै आफूलाई सिध्याएर देश बन्छ भने तयार रहेको बताए ।

‘तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको शर्मिला बहिनीले ममाथि आरोप लगाउनु भएको छ ।, कँडेलले भने, ‘त्यसो हो भने यो तीनवर्ष के हेरेर बस्नु भयो ।’

विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको भन्दै कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको खुलाए । कँडेलले आफूमाथि लागेको विभिन्न आरोप कपोकल्पित र झुटो रहेको भन्दै खण्डन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्