Logo
Logo

इजिप्टमा आर्थिक संकट, अलेक्जान्ड्रिया सहर टर्कीलाई बेच्ने तयारी



एजेन्सी । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको इजिप्टले आफ्नो एक सहर बेच्ने तयारी गरेको छ । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाई सहर बेचेको मुस्लिम राष्ट्र इजिप्टले ऐतिहासिक र सांस्कृतिक महत्वका लागि परिचित अलेक्जान्ड्रिया सहर टर्कीलाई बेच्ने तयारी गरेको हो ।

इजिप्टको विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि यस्तो गर्न बाध्य भएको हो । राजधानी कायरोबाट करिब ३५० किलोमिटर उत्तर–पश्चिममा रहेको रस अल हिक्मा क्षेत्र २२ अर्ब डलरमा बेच्न लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्