Logo
Logo

बालकुमारी घटनाको छानविन प्रतिवेदन मैले हेरेकै छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको छानबिन प्रतिवेदन अध्ययन गरेपछि कारबाही प्रक्रिया अगाडि बढ्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

छानबिन समितिले दोषी देखाएका दुई युवा मारिएको विषयमा मन्त्री प्रकाश ज्वाला नै दोषी देखाएको सन्दर्भमा एमाले र रास्वपा लगायतका सांसदले बर्खास्त गर्न गरेको मागप्रति उनले जवाफ दिँदै भने, ‘छानबिन समितिको प्रतिवेदन अहिलेसम्म मैले हेरेकै छैन । मलाई आज बल्ल गृहले प्रीतवेदन बुझाएको छ ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘१० लाख दिएर सरकार चुप लागेर बसेको कुरा तथ्यहीन हो । छानबिन सरकारले नै बनाएको हो । प्रतिपक्षले त बनाएको होइन । छानबिन प्रतिवेदन गृहमन्त्रालयबाट आज मैले बुझ्दै छु । मैले आजै हेर्दैछु । आज क्याबिनेट छ । प्रतिवेदनको अध्यययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

उनले सरकारले घटनालाई गम्भीर र विशेष रुपमा लिएको उल्लेख गर्दै १० लाख दिएर सरकार चुप लाग्यो भन्ने कुरा सही नभएको बताए ।

‘त्यो घटना विशेष भएकै कारण हामीले परिवारका सदस्यलाई राहत स्वरुप लिएको हो’ प्रधानमन्त्रीले भने, ‘रोजगारीका लागि विदेश जानका लागि हत्या भएको घटनालाई गम्भीर रुपमा लिएर परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्