Logo
Logo

उपकुलपति अफ द इयर



काठमाडौं । कलेज रिडर्स म्यागजिनले यस वर्षको उत्कृष्ट उपकुलपतिमा नन्दबहादुर सिंह मध्यपश्चिम विश्वविद्यालयलाई चयन गरेको छ । त्यसैगरी उत्कृष्ट रजिष्ट्ररमा तिलक आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालय र पोखरा युनिभर्सिटीका रजिष्ट्रर दीपकबहादुर भण्डारीलाई चयन गरेको छ । उत्कृष्ट उपकुलपतिमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापालाई चयन गरेको छ ।

काठमाडौँमा आज आयोजित एक समारोहमा सम्मानित व्यक्तित्वहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान गर्नुभएको थियो ।

कलेज रिडर्स म्यागजिनका तर्फबाट सभापति भवानीप्रसाद पौडेलले हरेक वर्ष कलेज रिडर्स संस्थाले उत्कृष्ट विश्वविद्यालयका उपकुलपति र रजिष्ट्ररलाई सम्मान गर्दै आएको बताउनुभयो ।

प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले विद्यार्थीहरु पढ्नको लागि विदेश गइरहेको कुराप्रति चिन्ता व्यक्त गर्दै विश्वविद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्ने खालको शिक्षा र प्रणाली बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा स्थापित मेडिकल कलेजहरुमा भारतबाट धेरै विद्यार्थी पढ्न आएको चर्चा गर्दै अन्य विषयमा पनि विदेशबाट पढ्न आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्