Logo
Logo

काठमाडौं आइपुगे करिब ३ हजार लघुवित्तपीडित



काठमाडौं । देशभरका लघुवित्त तथा वित्तीयपीडितहरू काठमाडौं आइपुगेका छन् ।

लघुवित्त तथा वित्तिय शोषणविरुद्द आज काठमाडौंमा देशभरबाट करिब ३ हजार पीडितहरू जम्मा भएर प्रदर्शन गरेको केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले जानकारी दिए । उनीहरूले भोलिदेखि नियमित रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका छन् ।

करिब छ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरु मुग्लिनबाट काठमाडौं सम्म हिडेर दबाबपुर्ण आन्दोलन गर्दै आएका छन् । सरकारले समिति बनाएर केही काम नगरेकोमा पुन सरकारलाइ झकझकाउन आन्दोलन गर्न आफूहरू आएको बर्दियाका पीडित जीवन सुनारले बताए ।

मुग्लिनबाट हिँडेका उनीहरु छ दिनको दिन हिजो साझ थानकोट स्थित त्रिभुवन पार्कमा आएर बसेका थिए । आज उनिहरु थानकोटबाट प्रर्शशन ¥याली गर्दै कलङ्की हुँदै तीनकुने गएर बस्ने र भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्न केन्द्रीय अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्