Logo
Logo

तनहुँमा जन्ती बोकेको जीप पल्टियाे, दुई जनाको मृत्यु, १६ घाइते



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सोमबार बिहान बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । अन्य १६ जना घाइते भएका छन् ।

मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल जीप खसेको थियो । घाइतेको उपचार विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्