Logo
Logo

चण्डिका भट्ट आयल निगमको कार्यकारी निर्देशक नियुक्त



काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका छन् । उनी कार्यकारी निर्देशक हुँदा २०७१ असोज १३ गते आयल निगमले स्वचालित मूल्य प्रणाली शुरु गरेको थियो ।

उनी दुईपटक विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा समेत काम गरेका छन् । अहिले पनि उनी सेज प्राधिकरणको कार्यकारी निर्देशककै रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्