Logo
Logo

ट्वाइलेटमा महिलाको अश्लील भिडियो खिच्ने सशस्त्रका डिएसपी पक्राउ



काठमाडौं । काठमाडौंबाट सशस्त्र प्रहरी बलका एक जना डिएसपी पक्राउ परेका छन् । स्वयम्भू वृत्तले सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसीलाई शनिबार बेलुका पक्राउ गरेको हो ।

स्वयम्भूस्थित एक रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ । पोखरास्थित ४ नम्बर बाहिनीमा कार्यरत केसीलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअनुसार आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको एक अधिकृतले बताए ।

‘महिलाले जाहेरी दिएपछि केसीलाई अनुसन्धान सिलसिलामा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।

प्रतिक्रिया दिनुहोस्