Logo
Logo

सैनिक मञ्चमा मनाइयो ७४औं प्रजातन्त्र दिवस (तस्वीरहरू)



काठमाडौं । टुडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरी ७४औँ प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरू, सेना र प्रहरी प्रमुखहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

समारोहमा सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लेखिएको ब्यानर अंकित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्