Logo
Logo
कांग्रेस महासमिति बैठक

‘हिन्दूराष्ट्र एजेण्डा बन्दैन’


567
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा ‘हिन्दूराष्ट्र’ एजेण्डा नबन्ने भएको छ । महासमिति बैठकमा हिन्दूराष्ट्रमाथि छलफल नहुने भएको हो ।

यसअघि शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा शंकर भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले ‘हिन्दूराष्ट्र’को एजेण्डामा पार्टी उभिनुपर्ने सुझाव सभापति शेरबहादुर देउवालाई बुझाएका थिए ।

तर, आजबाट सुरु हुने महासमितिको बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । कांग्रेस एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको पक्षमा कांग्रेस नरहेको उनले प्रष्ट पारेका छन् । उनले भने, ‘बैठकमा हिन्दूराष्ट्रबारे छलफल गर्ने एजेण्डा छैन ।

नेता भण्डारीले भने बैठकमा वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पुरक प्रस्ताव पेस गर्दैछन् । उनले भनेका छन्, महासमिति बैठकमा पेश हुने वैदिक सनातन हिन्दू धर्म पुरक प्रस्तावको पक्षमा समर्थनका लागि समेत आग्रह गर्दछु ।’

अघिल्लो महासमिति बैठकमा पनि भण्डारीसहितका नेताले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्