
काठमाडौं । नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संघ संस्थाले पार्टीको महासमितिको बैठक बहिष्कार गरेका छन् ।
पार्टी विधान अनुसार शुभेच्छुक संस्थाबाट तीन/तीन जना प्रतिनिधित्व नगराइको भन्दै ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र नेपाल प्रेस युनियनले बैठक बहिष्कार गरेका हुन् ।
पार्टीको विधानअनुसार केन्द्रीय अध्यक्षसहित एक संस्थाबाट तीन जना महासमिति व्यवस्था भए पनि त्यसो नगरिएको भन्दै यी ६ भुभेच्छुक संस्थाले संयुक्त विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।
संस्थाका अध्यक्षलाई महासमितिमा आमन्त्रित सदस्य रहने गरी निर्णय गरिएको थियो । सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा आज मंगलबार बन्द सत्र सुरु हुँदैछ ।















