Logo
Logo

बलात्कार आरोपमा एक जना पक्राउ



काठमाडौं । एक किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङबाट एक जनालाई पक्राउ परेका छन् । १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लावारी नगरपालिका–५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई पक्राउ गरेको हो ।

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी उर्लाबारी नगरपालिका–४ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्