Logo
Logo

मिलेर देश निर्माणको खाका बनाउन प्रचण्ड-ओलीलाई माधव नेपालको आग्रह



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश विकासको खाका बनाएर अघि बढ्न आग्रह गरेका छन् ।

सोमबार जनकपुरधाममासमाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल मधेशले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मिलेर देश बनाउने खाका तयार पार्न आग्रह गरेका हुन् ।

देश निर्माणको खाका तयार पार्न प्रचण्ड र ओलीलाई पटकपटक आग्रह गरेको भन्दै अध्यक्ष नेपालले राजनीतिज्ञ, बुद्धिजीवी, अनुभवप्राप्त व्यक्ति एकै ठाउँमा उभिन आवश्यक रहेको बताए ।

‘मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु । हामी बसौँ । अनुभव भएकाहरू बसौँ । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरु, विज्ञहरू सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्