Logo
Logo

हरेक संकटमा कांग्रेस सतिसालझै उभिएको छ : उपसभापति खड्का


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली काँग्रेस सतिसाल झैँ उभिएको दाबी गरेका छन् ।

महासमिति बैठकमा पेश गरेको ६५ पृष्ठ लामो नीति प्रस्तावमा उनले देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि सङ्कट आइपरेको बेला पार्टीले स्थापना कालदेखि नै जिम्मेवार र बुद्धिमतापूर्ण भूमिका निर्वाह गर्दै र परिस्थितिलाई सम्हाल्दै आएको दाबी गरेका हुन् ।

‘जब जब देशमा सङ्कट देखा पर्दछ, लोकतन्त्रमाथि आक्रमण हुन्छ, नागरिकको हक अधिकार खोस्ने दुस्साहस हुन्छ, त्यस परिस्थितिमा नेपाली काँग्रेस त्यस्तो राजनीतिक दल हो, जसले परिस्थितिलाई गम्भीरतापूर्वक लिएर अगाडि बढेको इतिहास छ । देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली काँग्रेस आफ्नो स्थापना कालदेखि हालसम्म सतिसाल झैँ उभिएको छ,’ उनको प्रतिवेदनमा भनिएको छ ।

उनले बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, आवधिक निर्वाचन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सूचनाको हक, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजी सम्पत्तिको संरक्षणको सवालमा नेपाली काँग्रेसले कहिल्यै कसैसँग कुनै पनि सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्