Logo
Logo

त्रिभुवन विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ


1.8k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ ।

सोमबार राति फ्लाई दुबईको विमानबाट काठमाडौं आएका उनलाई अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुनसहित पक्राउ गरिएको हो ।

आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो । थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्