Logo
Logo

मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : ओली


567
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवताविरुद्धको अपराधमा सजाय घटाउन नहुने बताएका छन् । 

एमाले केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय घटाउन नहुने बताएका हुन् । स्वच्छचारी ढंगले मानवताविरुद्धको अपराधमा सजाय घटाउने कार्य भएको भन्दै उनले यसप्रति आपत्ति जनाए । 

पीडितको पक्षमा आफूहरु रहेको भन्दै उनले पीडितलाई केन्द्रमा राखेर शान्तिप्रक्रिया टुंग्याउनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा शान्तिप्रक्रिया टुंग्याउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उनको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस्