Logo
Logo

हटाइयो बबरमहल क्षेत्रका सोलार बत्ती


4.2k
Shares

काठमाडाैं । बबरमहल क्षेत्रमा राति झिलिमिली बनाउन राखिएका सोलार बत्ती हटाइएको छ । सोलार प्यानल निकालेर अहिले पोलमात्र राखिएका छन् । राति सवारी दुर्घटना न्यूनीकरण गर्न र शहर सौन्दर्य राख्न काठमाडौं महानगरपालिकाले कुनै आफ्नै लागत र केही निजीसँग साझेदारी गरेर मुख्य सडकमा सोलार बत्ती राखेको थियो ।

२०७३ सालमा काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सोलार बत्ती राख्ने सम्झौता भएपछि सोलार बत्ती राखिएको थियो । काठमाडौं महानगरपालिकाको राजश्व विभागका अनुसार त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल‚ भद्रकाली‚ भृकुटीमण्डपलगायत क्षेत्रमा १ हजार ४८ वटा सोलार बत्ती जडान गर्न बिके ट्रेडर्स एण्ड सप्लायर्स कम्पनीले स्वीकृति पाएको थियो ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले स्मार्ट लाइट जडान गर्न त्यस क्षेत्रका सबै सोलार बत्ती हटाएको जानकारी दिए । ‘हामीले अब त्यहाँ अर्को पोखरा, भैरहवामा जडान भएकोजस्तै स्मार्ट बत्ती जडान गर्न लागेका छौँ, त्यसैले सोलार प्यानल हटाएका हौँ,’ उनले भने ।

प्राधिकरणका अनुसार पर्यटकीय शहर पोखराका मुख्य सडकमा २ हजारभन्दा बढी स्मार्ट बत्ती जडान गरिएको छ। महानगरका २३ मुख्य चोकमा १÷१ हाइमस्ट लाइट जडान गरिएको छ । सडक बत्ती ९० वाट र १२० वाट गरी दुई प्रकारका छन् भने हाइमस्ट लाइटको क्षमता १ हजार ६ सय वाट रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्