Logo
Logo

सेनाका तालिमरत अधिकृतहरूबाट सशस्त्र प्रहरी मुख्यालयको अवलोकन


585
Shares

काठमाडौं । नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा तालिमरत अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन गरेका छन् ।

कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सि.सं. ३० कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत ६२ जना प्रशिक्षार्थी अधिकृतहरूले मंगलबार सशस्त्र प्रहरी मुख्यालयको अवलोकन भ्रमण गरेका हुन् ।

अवलोकन भ्रमणमा प्रशिक्षार्थी अधिकृतहरूले प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी बल नेपालको संग्राहलय र विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरुको अवलोकन गरेको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले सशस्त्र प्रहरी बल नेपालको परिचय, कामकर्तव्य र अधिकार, वर्तमान अवस्था र परिचालन लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, आन्तरिक सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गरेका थिए ।

कोर्समा भारत, पाकिस्तान, माल्दिभ्स, कोरिया, केन्या र नाईजेरिया लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्