
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ सितापाइलामा मृत अवस्थामा छोरी र नातिनीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
बुधबार बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र साढे २ वर्षीया नातिनी शिवानीको शव कोठामा भेटिएको थियो । ईश्वरीका श्रीमान राजु घिमिरे भनिने काजी विक नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
श्रीमती र छोरीसहित तीन जनाको हत्या गरी उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ । सोलुखुम्बु घर भई सितापाइला बस्दै आएका उनीहरू दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
(*यसअघि समाचारमा २ वर्षीया छोरी उल्लेख भएकाले हेडलाइन र समाचार सच्याइएको छ । )














