Logo
Logo

मन्त्री ज्वालाको राजीनामा माग्दै देशभरका क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन


693
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ ।

सिहंदरवारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै अनेरास्ववियुका कार्यकर्ताले बिहान ९ बजे एकसाथ देशैभरिका क्याम्पस अगाडिबाट ड्रमर, थाल बजाएर प्रदर्शन गरेका हुन् ।

ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने माग बढ्दो छ । सोही क्रममा काठमाडौंको मिनभवनस्थित कमर्स क्याम्पसमा मन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले पुत्ला दहन गरेका हुन् ।

सो घटनामा प्रहरीको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएकोको थियो । बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका मन्त्री ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै उनको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्