Logo
Logo

गोप्य तस्वीर र भिडियो अरुलाई पठाइदिने एक पक्राउ



काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा ब्युरोले नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११ बानियाँटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार फेसबुकबाट साथी बनेका महिलाका गोप्य फोटो तथा भिडियो थापाले सम्बन्ध बिग्रिएपछि पीडित महिलाका आफन्त र परिवारलाई पठाई चरित्रहत्या गरेको भनी उजुरी परेको थियो ।

उजुरीपछि पुस ८ गते मुद्दा दर्ता भई फरार रहेका थापालाई फागुन ९ गते गोंगबुबाट पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्