Logo
Logo

मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते



धनगढी । बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बिहीबार दिउँसो डिलासैनी गाउँपालिका–१, को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जादै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–१, को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

जिपमा चालकसहित १७ जना सवार थिए । जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेका छन् ।उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्