
काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
बैठकले यसअघि उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरिसकेको छ । यी पाँचवटै प्रतिवेदन कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी सर्वसम्मत पारित भएका हुन् ।














