Logo
Logo

आइसिसी लिग-२ : आज नेदरल्याण्ड्ससँग भिड्दै नेपाल



काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा अहिले बिहान ९ः१५ बजे सुरु हुनेछ । आजको खेल जारी सिरिजको अन्तिम खेल हो ।

सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रूपमा रहेको लिग–२ आठ देशहरूले विभिन्न समयमा सिरिज खेल्ने छन्।
गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटक आठ टिम भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ ।

आठ टिममध्ये शीर्ष चारमा पर्ने विश्वकप छनोटमा सिधा पुग्नेछन् । बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।

नेपालले मात्रै लिग–२ मा ३६ खेल खेल्नेछ । तीमध्ये जारी सिरिजमा आजसहित ४ खेल खेलिसक्दा अब २०२७ सम्म हुने विभिन्न सिरिजहरूका ३२ खेल खेल्नेछ ।

नेपालले तीन खेल खेलिसक्दा १ जित र दुई हार ब्यहोरेको छ । नेपाल नामिबियासँग दुबै खेलमा पराजित भएको थियो । नेदरल्याण्ड्सविरूद्ध भने नेपालले ९ विकेटको जित निकालेको थियो । नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २÷२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।

नेपाली टिम

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह ।

प्रतिक्रिया दिनुहोस्