
काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सुरु हुनेछ ।
यसअघिका तीन खेलमध्ये एक खेल मात्र जितेको नेपाल आजको खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो ।
पहिलो शृङ्खलाका चार खेल खेलिसकेको नामिबिया ६ अंकका साथ लिग–२ तालिकाको शीर्ष स्थानमा छ। समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अङ्कसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।














