Logo
Logo

नगर प्रहरीका श्रीमती वडा कार्यालयभित्र मृत भेटिइन्, सीसीटीभी खोतल्दै प्रहरी


6.9k
Shares

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छिन् । नगर प्रहरीसँग विवाह गरी त्यहाँ बस्दै आएकी २० वर्षीया प्रमिला धामी वडा कार्यालयको सभाहलभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले दार्चुला घर भइ त्यहाँस्थित एक नगर प्रहरीसँग विवाह गरी बस्दै आएकी २० वर्षीया धामी आइतबार बिहान मृत अवस्थामा भेटिएको जानकारी दिए ।

अहिले घटनाबारे अनुसन्धान थालिएको र वडा कार्यालयको सीसीटीभी फुटेज जाँचसँगै मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्