Logo
Logo

मिटरब्याज पीडितको आन्दोलनलाई झलनाथको साथ


441
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा सहभागी हुने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए । नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

बिहीबार काठमाडौं आइपुगेका देशभरका मिटरब्याज पीडितले काठमाडौं केन्द्रीत आन्दोलन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्