Logo
Logo

माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा ४ जना पक्राउ


1.1k
Shares

काठमाडौं । माओवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर–१ कौशिला नगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापा मेचिनगर नगरपालिका– ८ मेचेगाउँका ३४ वर्षीय कैलास भनिने टेकबहादुर प्रधान छन् ।

पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । उनीहरूको बयानका आधारमा मुख्य योजनाकार पनि पक्राउ परेको उनले बताए ।

घटनाका मुख्य योजनाकार मोरङको कानेपोखरी नगरपालिका–४ का ३५ वर्षीय क्रान्ति बराईली भनिने निलम बिश्वकर्मा रहेको र उनलाई ११ फागुनमा कलंकीबाट पक्राउ गरी अदालतमा बुझाएको छ ।

बराईलीले शेरबहादुर थारुलाई योजना सुनाउँदै पैसाको समेत ब्यवस्था गरेको प्रहरीले जनाएको छ । उनले काम सकिए पश्चात शेरबहादुर थारुलाई ५० हजार र टेकबहादुर प्रधानलाई २ लाख रुपैयाँ दिएको प्रहरीको भनाई छ ।

बर्तौलालाई गत २२ कातिकमा काठमाडौंको आईप्लेक्स मल नजिकै उनीहरूले धारिलो हतियार प्रहर गरेका थिए । बर्तौला अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेश सदस्य साथै नेपाल उसु महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्