Logo
Logo

नवलपुरमा बस, स्कुटर र एम्बुलेन्स ठोक्किँदा चारजना घाइते


1.3k
Shares

नवरपु । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– २ भृकुटी चोकमा बस, स्कुटर र एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बर्दियातर्फ आउँदै गरेको बाप्र ०६००१ ख ०१९६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना.३६प ९०४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्दा नारायणगढतर्फ जाँदै गरेको ग.१च ७१५२ नम्बरको बिरामी बोकेको एम्बुलेन्ससँग ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी स्कुटरचालक गैँडाकोट– ६ निवासी ३३ वर्षीय किशोर गौतम, एम्बुलेन्समा सवार मिर्गौलाका बिरामी मध्यविन्दु– १२ का ७५ वर्षीय मानबहादुर कुमाल, एम्बुलेन्समा सवार मध्यविन्दु– १२ का ४० वर्षीय भोटबहादुर कुमाल र ४५ वर्षीय सोमबहादुर कुमाल घाइते भएका छन् ।

घाइतेमध्ये ७५ वर्षीय मानबहादुर कुमालको अवस्था गम्भीर रहेको र उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्