Logo
Logo

विश्व युवा महोत्सवमा सहभागी हुने युवाको लागि अभिमुखीकरण कार्यक्रम


315
Shares

काठमाडौं । विश्व युवा महोत्सवमा सहभागी हुन जाने नेपाली युवाको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी मार्च १ देखि ८ सम्म सुरु हुने विश्व युवा महोत्सव रसियास्थित सोची सहरमा हुँदै छ । 

१ सय ९० देशका २५ हजार भन्दा बढी युवा सहभागी हुने महोत्सवमा नवपर्वतन, युवाको नवीनतम सोच र विश्वमा युवाको आगामी धारणाका सन्दर्भमा बहस हुनेछ । विश्वका युवाको जमघट हुने कार्यक्रमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्नेछन् ।

रसियन हासउमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय तयारी समिती (एनपिसी)का अध्यक्ष सुदीप शर्माले विश्व युवा महोत्सवमा सहभागीलाई गर्न हुने र नहुने विषयमा जानकारी गराएका थिए । नेपालबाट सो कार्यक्रममा नेपालबाट १ सय २५ जना सहभागी हुने एनपिसीका अध्यक्ष शर्माले बताए ।

कार्यक्रममा नेपालस्थित रसियाका राजदूत अलिक्सइ नोभिकोपत्नी एरिना, रसियन हाउसका निर्देशक एन्टोन र रसियन दूतावासका प्रथम अधिकृत एलेक्जेण्डरले कार्यक्रममा जान लागेका सहभागीलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका युवा नेता सुदेश पराजुलीले मन्तव्य राखेका थिए ।

विप्लव  निकट युवा नेता प्रकाश सी लगायतका युवा नेताहरूले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी, पत्रकार, इन्जिनियर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्