Logo
Logo

सरकार र मिटरब्याजपीडितबीच वार्ता शुरु


189
Shares

काठमाडौं । गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच औपचारिक वार्ता शुरु भएको छ ।

मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ ।

सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो । सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन् ।

आन्दोलनमा सहभागी हुन महोत्तरीबाट आएका मिटरब्याजपीडित गौरीमाया बराइलीले घर बैंकमा धितो रहेको सुनाउँदै सरकारले गोली हाने पनि आफ्नो माग पूरा गरेरमात्र घर फर्किने बताए ।

अर्का मिटरब्याजीपीडित परेखी महतोले आन्दोलनमा आउँदा मकावानपुरमा कुटपिटमा समेत परेको बताउँदै सरकारबाट न्याय नपाएसम्म काठमाडौँको सडकमा नै बस्ने बताए ।

सरकारले मिटरब्याजी साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ ।

प्रतिक्रिया दिनुहोस्