Logo
Logo

सिरियाली सेनाले पश्चिमी क्षेत्रमा ७ वटा हतियारयुक्त ड्रोन खसाल्यो



एजेन्सी । सिरियाली सेनाले आइतबार हामा र इडलिब प्रान्तमा ७ वटा हतियारयुक्त ड्रोनहरू नष्ट गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

आतङ्ककारीहरूद्वारा सञ्चालित ड्रोनहरू इडलिब र हामा दुवैका सैन्य स्थानहरूका साथै अन्य गाउँ र शहरहरू नष्ट गर्न पठाइएको बताइएको छ ।

उत्तरी सिरियाका विद्रोहीहरूले, विशेष गरी इडलिबको उत्तरपश्चिमी गभर्नोरेटमा हालै सरकारी नियन्त्रित क्षेत्रहरूमा ड्रोन आक्रमणलाई तीव्र पारेका छन् ।

यस किसिमको सबैभन्दा घातक घटना सन् २०२३ अक्टोबरमा भएको थियो । उक्त ड्रोन आक्रमणले होम्सको गभर्नरेटमा रहेको सैन्य एकेडेमीमा स्नातक कार्यक्रमको भइरहेका बेला आक्तमण गर्दा ८० जनाभन्दा बढी सैन्य कर्मचारी र सर्वसाधारणको मृत्यु भएको थियो ।
(((((((((((

प्रतिक्रिया दिनुहोस्