Logo
Logo

नामिबियाविरुद्ध पहिला बलिङ गर्दै नेपाल



काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले नामिबियासँग टस हारेको छ । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । नेपालले टी–२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग–२ को टोलीलाई निरन्तरता दिएको छ ।

लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन् ।

प्रतिक्रिया दिनुहोस्