Logo
Logo

केपी ओली कपः पुलिसलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा



काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

आज (मंगलबार) एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रले नेपाल पुलिसलाई ४-० गोल अन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पाँचौं मिनेटमा क्रिस्टोफर चिजोबाले हेडर गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो गोल भएको १ मिनेटपछि नै मछिन्द्रका लागि स्टेफन समिर विनोङले दोस्रो गोल गरे । त्यस्तै खेलको ११ औं मिनेटमा पुन चिजोबाले गोल गर्दै खेललाई एक तर्फी बनाएका थिए ।

खेलको ३८ औं मिनेटमा पुलिसका कप्तान रामचन्द्र वाजीको बल आत्मघाती गोल हुँदा पुलिस ४–० ले पछि परेको हो । पहिलो हाफमा भएका यी ४ गोल नै निर्णायक बने ।

मछिन्द्र क्लबले सेमिफाइनलमा मानेभञ्याङ क्लबसँग सेमिफाइनलमा भेट गर्नेछ । यी दुई टिमको सेमिफाइनल दशरथ रंगशालामा बिहीबार दिउँसो ३ बजे हुनेछ ।

केपी ओली कप २०८० को फाइनल भने शनिबार साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्