Logo
Logo

टी-२० सिरिजमा आज नेपालले नेदरल्याण्डससँग खेल्दै


504
Shares

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ । रोहित पौडेलको कप्तानीमा यो खेल बिहान ११ः ३० बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने शुरु हुनेछ ।

मंगलबारदेखि शुरु भएको सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ । 

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्