Logo
Logo

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला बलिङ गर्दै



काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले आफ्नो दोस्रो खेलमा पहिले बलिङ गर्न लागेको हो ।

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध टस हारेर पहिले बलिङ गरेको थियो । खेलमा नेपालको टिममा दुई परिवर्तन गरिएको छ । तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशी खेलका लागि टिममा छन् । विवेककुमार यादव र अभिनास बोहरा बेन्चमा छन्। विवेक र अभिनाससहित अनिल साह र आरिफ शेख पनि बेन्चमा छन् ।

प्रतिक्रिया दिनुहोस्