Logo
Logo

नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य



काठमाडौं । त्रिदेशीय शृंखलामा नेदरल्याण्ड्सले घरेलु टिम नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रन बनायो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडे । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भए । बलिङममा नेपालका करण केसी र कुशल मल्लले एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्