Logo
Logo

साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा



काठमाडौं । एन्फाले साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगिता फागुन १८ गतेदेखि २७ गतेसम्म हुनेछ । प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फटबल संघका प्रवक्ता सुरेश साहले बताए ।

उनले प्रतियोगिताको सम्पूर्ण युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुने बताए । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ ३ सय रुपैयाँ कायम गरिएको पनि प्रवक्ता साहले बताए ।

प्रतियोगिताका लागि नेपालसहित भारत, बंगलादेश, भूटानका टिम नेपाल आइसकेका छन्। सहभागी टोलीले च्यासल र सातदोबाटोमा अभ्यास गर्ने छन् ।

प्रतियोगिताका लागि २ करोड १२ लाख २० हजार ९ सय रुपैयाँ बजेट अनुमान गरिएको पनि प्रवक्ता साहले बताए ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भूटान गरी ४ टिम सहभागी रहेका छन्। प्रतियोगिताको उद्घाटन खेल फागुन १८ गते भूटान र भारतबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्