Logo
Logo

कोरियामा हजारौं डाक्टर आन्दोलनमा, काममा नफर्किए पक्राउ गर्ने चेतावनी



काठमाडौं । दक्षिण कोरियामा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । तलबबृद्धि र डाक्टरको संख्या बढाउनुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बीबीसीका अनुसार मुलुकभरका करिब तीन चौथाई कनिष्ठ डाक्टरहरूले गत हप्तादेखि काम छोडेका छन् । उनीहरुको आन्दोलनका कारण दक्षिण कोरियाको स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ । यसैबीच सरकारले काम नफर्किने डाक्टरलाई नियन्त्रणमा लिएर लाइसेन्स रद्द गर्ने चेतावनी दिएको छ ।

डाक्टरको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित भएको भन्दै सरकारले आजदेखि काममा फर्कन डाक्टरहरुलाई अल्टिमेटम दिएको हो । सरकारको आग्रहलाई अटेर गरे प्रदर्शनस्थलबाटै डाक्टरलाई नियन्त्रणमा लिएर जेल हाल्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्