Logo
Logo

नेपालको सत्ता परिवर्तनपछि चीनको प्रतिक्रिया- मिलेर काम गर्न चाहन्छौं



काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपालको नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्ने चाहना रहेको बताएको छ ।
मंगलबार नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरणबारे प्रतिक्रिया दिएका हुन् ।

उनले नेपाली राजनीतिक दलहरुले मिलेर राजनीतिक स्थायित्व, आर्थिक विकास र जनजीविका सुधारका लागि काम गर्ने अपेक्षा पनि व्यक्त गरेका छन् । ग्लोबल टाइम्सले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको साझेदारी तोडेको र फेरि एमालेसँग गठबन्धन बनेकोमा चीनको प्रतिक्रिया के हुन्छ भनेर सोधेको थियो । उक्त प्रश्नको जवाफमा चीनले आफूहरु नेपालको सरकारसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएको हो ।

‘नेपालले नयाँ गठबन्धन सरकार बनाएको चीनले संज्ञान लिएको छ । नेपालका सम्बन्धित पक्षहरुले नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन एकताबद्ध भई सहकार्य गर्ने विश्वास हामीलाई छ,’ प्रवक्ता माओले भने ।

प्रतिक्रिया दिनुहोस्